चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । शनिबार चितवनमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको सातौँ वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनेसमेत बताए । अध्यक्ष दाहालले संघले राखेका माग कार्यान्वनका…