चितवन । वातावरणीय क्षेत्रमा योगदान गर्दै आएको चितवनको अग्रणी संस्था झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोगाम रत्ननगर–५ ले प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले ४० थान डस्टबिन हस्तान्तरण गरेको छ । झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोगामका संयोजक रामचन्द्र महतोले रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीलाई शुक्रबार फलामे डस्टबिन हस्तान्तरण गरेका हुन् । वडाका चोक, सडक तथा पसलका आसपास फोहोर संकलन…