काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् I
चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो ।
भरतपुर महानगरपालिकाकी मेयर रेणुदेवी दाहालको सक्रियतामा वन विश्वविद्यालयको जग्गा उपलब्ध गराएर पहिलो सुविधासम्पन्न रंगशाला चितवनले पाउन लागेको हो ।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् ।







प्रतिक्रिया