काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस

नुवाकोट । विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी)लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ ।    गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार जिल्लाका चार कार्यालयमार्फत सञ्चालित ती योजना समयमा नै सम्पन्न नगर्ने ठेकेदार कम्पनी र त्यसका सञ्चालकको…