मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भरतपुर महानगरमा गठबन्धनबाट मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरमा गठबन्धनबाट मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी


रतपुर । भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि मेयरमा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भारी मतका साथ विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरका साथ पराजित गरेकी हुन् ।
 
दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । यस्तै, सर्वाधिक चर्चामा रहेका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।
 
यस्तै उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी भारी मतान्तरका साथ विजयी भएका छन् । उनले राप्रपाका हिमला गुरूङलाई २२ हजार १९१ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरूङले ३० हजार ६१२ मत प्राप्त गरिन् ।
 
महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । जसमा नेपाली कांग्रेसले अधिकांश वडामा जित हासिल गरेको छ । भरतपुर महानगरमा नेपाली कांग्रेसले वडा नं १ ,२ ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ गरी १६ वटा वडा जितेको छ । 
 
यस्तै नेकपा एमालेले ३, ११, १२, १८, १९ र २८ गरेर ६ वटा वडा जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले ७, ९, २२ गरेर ३ वटा वडा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वडा नं १३, २४, २६ मा जित्न सफल भएको छ । यस्तै वडा नं २५ मा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।