काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले यसै हप्ता नेकपा (एमाले) को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्दै आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता…