मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ : डा तुलाधर

सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ : डा तुलाधर


धनगढी । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताएकी छन् । 
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा शनिबार निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानुनले दिएको अधिकार र कार्य क्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको बताइन् । 
तुलाधरले सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै मह¤व दिइएको बताइन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउने क्रममा आयोगको नेतृत्व र हामी सबैको दायित्व भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने बताइन् ।’
‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन् । पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन्”, आयुक्त डा तुलाधरले भनिन्, ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका मह¤वपूर्ण हुनेछ ।’ उनले निर्वाचनको समयमा आयोग र सञ्चारमाध्यमको सम्बन्ध नङ र मासुजस्तै हुने गरेको बताइन् । 
आयोगले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र ढुवानीको काम करिब भइसकेको र पहिलो हुने निर्वाचन  प्रणालीतर्फको मतपत्र छपाइ कार्य जारी रहेको उनले जानकारी दिइन् । 
आयोगले सूचना प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्र सञ्चालन गरी सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको जानकारी दिइन् । 
आयुक्त तुलाधरले निर्वाचनका चरणमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन पत्रकारसमक्ष आग्रह गरिन् । 
उनले निर्वाचन आचारसंहिता पालन सबैले गर्नुपर्ने र उल्लङ्घन भएका सही सूचना दिन पत्रकारलाई आग्रह गरिन् । रासस