गठबन्धन जनमतको अपमान गर्ने प्रवृत्तिविरुद्ध हो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गरेका छन् ।     पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताए ।    वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा…