भरतपुर । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । दुई तिहाइ महाधिवेशन प्रतिनिधिसँगै एक हजार बढी कांग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । प्रखर वक्ता श्रेष्ठको उम्मेदवारी घोषणामा जिल्लाका तीन क्षेत्रका ७९ जना महाधिवेशन प्रतिनिधिमध्ये झण्डै ६० जनाको उपस्थिति रहेको उनले जानकारी दिए ।…