चितवन । बाम–लोकतान्त्रिक गठबनधनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार डा. विश्वनाथ पौडेलले चितवन–१ का मतदाताले देखाएको सद्भाव, हौसला र आशीर्वादप्रति आभार प्रकट गरेका छन् । उनले समय सीमाका कारण हरेक मतदाताको घरघरमा आएर मत माग्न नसकेकोमा क्षमाप्रार्थी रहेको जनाएका छन् । आसन्न मंसिर ४ गतेको आमनिर्वाचनका लागि चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुग्दै गर्दा सबैै आमाबुबा, दाजुभाइ,…