काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घनका विषयमा स्पष्टीकरणको शृङ्खलालाई निरन्तरता दिएको छ । आयोगले मनोनयनपत्र दर्ता गराएका राष्ट्रिय स्वतत्र पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको विषयमा…