काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद् देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् । मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ…