मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रधानमन्त्रीप्रति कांग्रेस सांसद् बस्नेतको टिप्पणी : ‘खुट्टा उचाल्दा सन्तुलन मिलेन भने कम्मर भाँचिन्छ’

प्रधानमन्त्रीप्रति कांग्रेस सांसद् बस्नेतको टिप्पणी : ‘खुट्टा उचाल्दा सन्तुलन मिलेन भने कम्मर भाँचिन्छ’

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद् जीतजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई फुटबल ठानेको आरोप लगाएका छन् । बुधबारको राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिका छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीले आफूलाई स्ट्राइकर ठानेर उथलपुथल गर्ने लगायतका अभिव्यक्ति दिने गरेको भन्दै आपत्तिसमेत जनाए । उनले स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको उदाहरण दिँदै उनले प्रधानमन्त्री दाहाललाई खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम हुने भन्दै चेतावनी दिए ।

उनले प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभनेएको भए पदीय गरिमा जोगिने बताए । उनले सरकार चलाउन रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गर्नु जस्तो सहज नहुने बताए । उनले प्रधानमन्त्री दाहालले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गरेको भन्दै घण्टी भ्रष्टाचारीको कानमा, सुशासनको पक्षमा, संविधान र लोकतन्त्रको रक्षाका लागि बजाउनुपर्ने बताए।

उनले भने ‘यस नयाँ मन्त्रिपरिषद्ले जनतामा देखिएको निराशा र बादलहरु हटाएर आशाका किरणहरु छर्नेछन् भन्नेकुरामा हामी पनि विश्वास गर्दछौँ । यो विश्वास मेरो मात्र नभई देश र विदेशमा रहनुभएका ३ करोड नेपालीहरुको हो । यति हेक्का राख्नुहोस्, यस विश्वास र रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गरेजस्तो हुँदैन । सम्माननीय प्रधानमन्त्रीज्यूले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन सुरु गरेका छन ।

सम्माननीयज्यूले बोकेर हिँड्नुभएको घण्टी नयाँ छ, घाममा बसेर बजाउनु होला । घाममा बसेर बजाउन खोज्नुभएको त्यो घण्टी बलियो गरी बजोस् । भ्रष्टाचारीको कानमा बजोस् । सुशासनको पक्षमा बजोस् । संविधान र लोकतन्त्रको रक्षाका लागि बजोस् । प्रधानमन्त्रीज्युले देश र जनतालाई फुटबल सम्झिनुभएको भन्ने म दोधारमा परेको छु ।

स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको हामीले देखेका छौँ । प्रधानमन्त्रीज्यूले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभनेको भए पदीय गरिमा जोगिन्थ्यो होला । कहिले कहीँ खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम पनि हुन्छ । आफूलाई स्ट्राइकर सम्झिनुभएको छ, यो नबिर्सिनुहोला ।’उनले विरोधाभाष नै प्रधानमन्त्रीको रोजाइ रहेको बताए ।