दलहरूबीच नयाँ सहकार्य आवश्यक छ : नेता पौडेल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरूबीच…