सुशासन कायम गर्दै नीतिगत सुधारका पक्षमा सरकारले काम गर्नुपर्छ : सांसद् डा. वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डा स्वर्णिम वाग्लेले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयासमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स–२०२४’ मा उनले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयाससहित सत्तारुढ दलले न्यूनतम साझा सङ्कल्प ल्याएर जनतालाई शुसासनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए…