मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा तामाकोशी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने ४१ वर्षीय ईश्‍वर प्रसाद काफ्ले र रौतहट फतुवाविजयपुर नगरपालिका(११ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री खरेल रहेका छन् ।

Advertisement

उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ईश्‍वर प्रसादलाई ३२ लाख २० हजार रूपैयाँ विगो वापतको रकम, १८ दिन कैद र १ लाख २८ हजार ८ सय रूपैयाँ जरिवाना तथा राजेन्द्र क्षेत्रीलाई ३७ लाख रूपैयाँ विगो वापतको रकम, १७ दिन कैद र १ लाख ५८ हजार २ सय ८० रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ बबरमहल पठाइएको छ ।

शेयर गर्नुहोस:

135
Shares