मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा तामाकोशी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने ४१ वर्षीय ईश्‍वर प्रसाद काफ्ले र रौतहट फतुवाविजयपुर नगरपालिका(११ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री खरेल रहेका छन् ।

उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ईश्‍वर प्रसादलाई ३२ लाख २० हजार रूपैयाँ विगो वापतको रकम, १८ दिन कैद र १ लाख २८ हजार ८ सय रूपैयाँ जरिवाना तथा राजेन्द्र क्षेत्रीलाई ३७ लाख रूपैयाँ विगो वापतको रकम, १७ दिन कैद र १ लाख ५८ हजार २ सय ८० रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ बबरमहल पठाइएको छ ।