मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि बिहीबार पनि सुनुवाइ भएन

गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि बिहीबार पनि सुनुवाइ भएन

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि बिहीबार पनि सुनुवाइ भएन ।

सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसो परेको छ । यसअघि बुधबार सो रिट न्यायाधीश पोखरेलकै इजलासमा परेको थियो । तर, सुनुवाइ हुन सकेन ।

न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानुनी सल्लाहकार भएको कारण स्वार्थ बाझिने भएकोले सो रिटमाथि सुनुवाइ हुन नसकेको हो । सोमबार अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट हटाउन माग गर्दै रिट दायर गरेका थिए ।

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो ।