राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो। सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आज अन्तिम नामावली प्रकाशन भइसकेको आयोगले जनाएको छ। आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेशसभाका मतदाता पाँच सय ४९ रहेका छन् भने स्थानीय तहका एक हजार…