काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले गुणस्तरीय र एकरुपताका लागि ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ महत्त्वपूर्ण भएको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुरूङले संसद्मा विधेयक पेश गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया तथा प्रत्यायोजित विधायन जारी गर्दा अपनाउनुपर्ने प्रक्रियालाई…