मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भ्रष्टाचार छानबिनमा हदम्यादको कुरा गम्भीरताका साथ उठ्यो : गृहमन्त्री लेखक

भ्रष्टाचार छानबिनमा हदम्यादको कुरा गम्भीरताका साथ उठ्यो : गृहमन्त्री लेखक

हिमालय खबर

शेयर गर्नुहोस:

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन-२०५९ लाई संशोधन विधयेकमाथि भएको छलफलमा केही महत्त्वपूर्ण विषय पहिचान भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन-२०५९ को संशोधन विधयेकमाथिको छलफलका क्रममा मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रित दफावार छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

‘मुलतः उठेका केही महत्त्वपूर्ण विषय केही पहिचान भएका छन् । यी विषयका पहिचान भइसकेपछि अब सम्मानित समितिले चाँडोभन्दा चाँडो यी विषयहरुका बारेमा दफावार छलफलमा गएर यी विषयहरु जुन/जुन विषयसँग सम्बन्धित छन् त्यो दफामा निर्णण गरेर निष्कर्षमा पुग्नुपर्छ’, उनले भने, ‘दफावार छलफलमा प्रवेश गरेपछि दफा-दफामा छलफल हुँदा सरकारले धारणा राख्छ ।’

उनले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषयहरु राखे पनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताए । ‘भ्रष्टाचार निवारणसम्बन्धी ऐनको महत्त्व छ । यो गम्भीर र संवेदनशील विषय हो’, उनले भने, ‘चाँडोभन्दा चाँडो समिति र सभाबाट पनि पारित भएर लागू गर्न सकियोस भन्ने आग्रह गर्दछु ।’

उनले हदम्यादको कुरो गम्भीरताका साथ उठेको बताउँदै स्वार्थ बाझिएको विषय के ? भन्ने विषय पनि उठेको धारणा राखे । अहिलेको प्रचलित संविधानभन्दा पहिलेको संवैधानिक व्यवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुलः दुईवटा जिम्मेवारी दिइएको लेखकको भनाइ थियो ।

‘सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको छ’, उनले भने, ‘भ्रष्टाचार र अनुचित कार्यको विषय राखिएको छ, अहिलेको प्रचलित संविधानमा त्योलाई अलि परिर्वतन गरेर भ्रष्टाचार भएको अवस्थामा भनेर क्षेत्राधिकारमा भ्रष्टाचार राखियो, अनुचित कार्य अहिलेको संविधानको व्यवस्थामा नभएकाले त्यो अनुचित कार्य को ले हेर्ने त भन्ने विषय प्रखर विषय उठेको छ ।’