स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले अबको बाटो सुशासनको भएको बताएका छन् । कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई शुक्रबार स्याङ्जाको बयरघारीमा सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । “भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ, कारबाही हुनैपर्छ”, उनले भने, “अनुसन्धानलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाऔँ, दोषी…