मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   
राजनीति-समाज   

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीको निधन

हिमालय खबर

शेयर गर्नुहोस:

648
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ ।

उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आइसियू) मा स्थानान्तरण गरिएको थियो ।

सिपिआई (एम) का नेता हन्नान मोल्लाले भने, “सिपिआई (एम) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।” उनले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज भएको बताए ।

बहत्तर वर्षीय येचुरीको बिहीबार दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ ।  परिवारले उनको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ ।

बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहेका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गर्नुभएका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ थिए । यसबाहेक उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गरेका थिए ।

यसैबीच, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।

‘वामपन्थको अग्रणी ज्योति’: प्रधानमन्त्री मोदी

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले येचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अनुभवी नेता येचुरीलाई ‘वामपन्थको अग्रणी ज्योति’ भनेका छन् । उनले भने, “यो दुःखद् घडीमा म उहाँको परिवार र शुभचिन्तकहरूको साथमा छु ।”

सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा प्रधानमन्त्री मोदीले येचुरीमा राजनीतिक स्पेक्ट्रमसँग जोडिन क्षमता थियो भन्दै उनले प्रभावकारी सांसदका रूपमा आफ्नो छाप छाडेको बताए ।

राष्ट्रपति द्रौपदी मुर्मूले पनि दुःख व्यक्त गर्दै सिपिआई (एम)का महासचिवको आवाज भिन्नै र प्रभावशाली थियो भने ।

आइडिया अफ इन्डियाका रक्षक : राहुल गान्धी

लोकसभामा विपक्षी नेता तथा कांग्रेस नेता राहुल गान्धीले बिहीबार येचुरीको निधनप्रति दुःख व्यक्त गरे । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा येचुरीसँगको तस्बिर सेयर गर्दै उनले भने, “सीताराम येचुरीजी साथी हुनुहुन्थ्यो, हाम्रो मुलुकलाई गहिरोसँग बुझ्ने भारतको विचारको संरक्षक ।”

“दुःखको यस घडीमा उहाँको परिवार, इष्टमित्र र अनुयायीहरूप्रति मेरो गहिरो समवेदना”, उनले पोस्ट गरेका छन् । एएनआई