चितवन । यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्नेबित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए । उनीहरु विगत तीन दिनदेखि त्रिशूली किनारमा आफन्तहरुको खोजीमा सक्रिय छन् । उनीहरु बिहानदेखि साँझसम्म त्रिशूली किनारमै हुन्छन् । आफन्तलाई जीवितै पाउने आश मार्दै गरेका…