महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार भएको बताएका छन् । नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठकको आज समापन गर्दै उनले सहभागीबाट महत्त्वपूर्ण सुझाव प्राप्त भएको भन्दै प्राप्त सुझावलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गरे पारित गर्ने बताए । “प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पूर्णता…