मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालियो

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालियो


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font
  • change font

धादिङ । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९, झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् ।

Advertisement

“कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन”, उनले भने, “पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।”

पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले जानकारी दिए ।

शेयर गर्नुहोस:

1.2k
Shares