कान्तिपुर टिभीको विवादित क्लिप प्रेस काउन्सिलको निर्देशनपछि हटाइयो

काठमाडौँ । चर्चित कलाकारलाई मुछेर कान्तिपुर टिभीले बजाएको एक कार्यक्रमका विवादित क्लिप प्रेस काउन्सिल नेपालको निर्देशनपछि हटाइएको छ । उक्त टिभीको इट्स माइ शोमा दुई साताअघि प्रसारित सामग्री विवादमा तानिएको थियो । ती सामग्री आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसिता गुरुङसहितले चर्को विरोध गरेका थिए । प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भएलगत्तै स्वअनुगमन गरेर…