भूमिहीन सुकुमबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरू

चितवन । भूमि समस्या समाधान आयोगले रत्ननगर–१२, सालघारीका भूमिहीन सुकुमबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण सुरू गरेको छ । २०८१ माघ ३ गते ७७ वटै जिल्लामा गठन भएको आयोगले पहिलोपटक रत्ननगर नगरपालिकाबाट जग्गाधनी पुर्जा वितरण सुरू गरेको हो । रत्ननगर–१२, सालघारीका ८१ वर्षीय सूर्यबहादुर नेगीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी कार्यक्रमको थालनी गरिएको हो ।…