काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पुर्याएको बताएका छन् । नेपाल नगरपालिका सङ्घको आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरे । “संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे बहस भएको…