मुख्य समाचार

भारतीय प्रधानमन्त्री मोदीद्वारा रवि र बालेनलाई दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीद्वारा रवि र बालेनलाई दिए बधाई


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदीले आज उनीहरुसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त उनीहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

Advertisement

साथै, उनले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिएका छन् ।

प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वस्त व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस:

324
Shares