काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आशंकामा सुरक्षा निकायले देशका विभिन्न स्थानबाट ४२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये हाल १४ जना मात्रै हिरासतमा रहेको र अन्यलाई कानुनी प्रक्रिया तथा आवश्यक सम्झाइ बुझाइपछि रिहा गरिएको प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरी का अनुसार केही व्यक्तिलाई अदालतको आदेशका आधारमा समेत छाडिएको छ।…