मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बीपी राजमार्गमा नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही

बीपी राजमार्गमा नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही


धुलिखेल – काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बीपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उल्लंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । 
 
विभागको टोलीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रूट परमिट नै नभएका गाडी चलाउने र १८ सिट क्षमता र १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्थालाई उलंघन गरी ठूला यात्रुवाहक बस चलेको पाइएको जनाएको छ । त्यसरी नियम उलंघन गर्ने सवारीसाधनलाई कारबाही गरी आवश्यक कागजातसमेत नियन्त्रणमा लिइएको छ । 
 
अनुगमनको क्रममा टोलीले मालवाहक गाडीमा मान्छे ओसारेका सवारीसाधनलाई समेत कारबाही गरेको छ । 
बढी भाडा लिएको विषयमा अधिकांश सवारी चालकले भने आफूहरुले भन्दा पनि काउन्टरबाट नै त्यसरी बढी भाडा लिएर टिकट कटाउने गरेको बताए । 
 
सो राजमार्ग भएर पूर्वको १५ जिल्लासँगै तराईका सातवटा जिल्लालाई राजधानीसँग जोड्न नजिकको मार्गका रुपमा विकसित भएको बीपी राजमार्गमा दसैँ आएसँगै सवारी चाप एकाएक वृद्धि भएको छ । (रासस)