नेपाल

बस दुर्घटनामा दुईको मृत्यु, १० जना गम्भीर घाइते

बस दुर्घटनामा दुईको मृत्यु, १० जना गम्भीर घाइते


अर्घाखाँची– अर्घाखाँचीको मालारानी गाउँपालिका–२ सापडाँडामा शुक्रबार बिहान बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 
 
घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले बताए । घाइतेको उद्धार कार्य जारी रहेको र उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । 
 
मालारानी गाउँपालिकाको अर्घातोस डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु१ख ७५१८ नंको बस मालारानी–२ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।