मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बस दुर्घटनामा दुईको मृत्यु, १० जना गम्भीर घाइते

बस दुर्घटनामा दुईको मृत्यु, १० जना गम्भीर घाइते


अर्घाखाँची– अर्घाखाँचीको मालारानी गाउँपालिका–२ सापडाँडामा शुक्रबार बिहान बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 
 
घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले बताए । घाइतेको उद्धार कार्य जारी रहेको र उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । 
 
मालारानी गाउँपालिकाको अर्घातोस डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु१ख ७५१८ नंको बस मालारानी–२ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।