तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले बताए । मादकपदार्थ सेवन गरेका…