भरतपुर । पूर्वयुवराज पारस शाहका समर्थकले आइतबार भरतपुर विमानस्थलमा भव्य नारा जुलुस गरेर शाहको जयगान गाएका छन् । पटिहानीको एउटा कार्यक्रममा सहभागी हुन बुद्ध एयरमार्फत चितवन आएका शाहलाई स्वागत गर्दै सयौँको संख्यामा उपस्थित राजावादी समूहले देशको लागि राजा चाहिएको भन्दै नाराबाजी गरेका हुन् । वर्तमान सरकारको रवैया र राजा नहुँदाको अवस्थामा जनतामा निराशा…