काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ढिलो चाँडो नेत्रविक्रम चन्द ‘विप्लव’ पनि यही राजनीतिक मूलधारमा आउने बताएका छन् । उनले भने, “ढिलो चाँडो विप्लवजी पनि यही प्रक्रियामा आउनै पर्छ । त्यसको कुनै विकल्प छैन ।” आफ्नै निवास खुमलटारमा चन्द समूहका नेता तथा कार्यकर्तालाई आज नेकपामा प्रवेश गराउँदै अध्यक्ष दाहालले जनताको बलिदानबाट…