स्व नेता ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको पार्थिव शरीरमा सभापति शेरबहादुर देउवाले पार्टी झन्डा ओढाएर सम्मान गरे ।    स्व ताम्राकारको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान १०ः३० बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सभापति देउवाले पार्टीको चारतारे झन्डा ओढाएका थिए । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल,…