मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढीपहिरो र डुबानका कारण ६७ जनाको मृत्यु, ३२ जना बेपत्ता

बाढीपहिरो र डुबानका कारण ६७ जनाको मृत्यु, ३२ जना बेपत्ता


काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २६ महिला र ४१ पुरुषको मृत्यु भएको हो ।
 
प्रहरीको विवरणअनुसार देशभर १४ जना महिला र १८ जना  पुरुष गरी ३२ जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन् । सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले १ हजार ४४६ जनाको उद्धार गरिसकेको छ । प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­/दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ ।
 
बाढीपहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १–१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
 
बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३–३ जना, महोत्तरी र मकवानपुरमा २–२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १–१ जना गरी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 
धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३–३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
 
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । साथै महोत्तरी बर्दिवास नगरपालिका–१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाइभर्सन गरेको बाटो पानीको बहाव बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोटलगायतका  स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ ।
 
सोमबार बिहानसम्मको विवरण