जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताएका छन् । मैथिली विकास कोषको आयोजनामा शनिबारदेखि शुरु भएको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले अब संघीयता देशको आवश्यकता भइसक्यो भने । उनले…