हेटौँडा । प्रदेश नं ३ को उद्योग वाणिज्य एवम् उपभोक्ता हित संरक्षण निर्देशनालयमा कार्यरत आठौँ तहका अधिकृत चन्दनकुमार अमात्य ५० हजार रुपैयाँ घूस रकमसहित रंगेहात पक्राउ परेका छन् । अमात्यलाई घूससहित हेटौँडास्थित कार्यालयबाट आइतबार अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रवक्ता देवकुमार राईले जानकारी दिए । उनलाई उद्योग दर्ताको आईईई…