‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ताअघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।    नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न…