मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मालपोतका कर्मचारी घुस लिएको आरोपमा पक्राउ

मालपोतका कर्मचारी घुस लिएको आरोपमा पक्राउ


बुटबल । मालपोत कार्यालय बुटवलका एक कर्मचारी र एक जना लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा आज पक्राउ गरिएको छ । 
 
खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि  सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
 
उनीहरुलाई सेवाग्राहीसँग रु एक लाख बीस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।