मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेस काउन्सिलमा रवि लामिछानेविरुद्ध खेम भण्डारीको उजुरी

प्रेस काउन्सिलमा रवि लामिछानेविरुद्ध खेम भण्डारीको उजुरी


काठमाडौं । न्यूज २४ को लोकप्रिय कार्यक्रम सीधाकुरा जनतासँगका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछाने लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।
 
मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । निर्मला पन्त बलात्कारपछि हत्या घटनालाई लिएर ‘पत्रकार आचारसंहिताको नग्न उल्लंघन गरेको भन्दै रविविरुद्ध उनले उजुरी दिएका छन् । 
 
विपक्षीले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको नग्न उल्लंघन गर्दै आफूलाई अन्याय गरेको उनको दाबी छ ।
 
शालिकराम आत्महत्या प्रकरणमा हिरासतमा रहेका बेलादेखि नै भण्डारीले रविविरुद्ध सामाजिक सञ्जालमा प्रतिशोध आक्रोश व्यक्त गर्दै आएका थिए । रविको रिहाइका लागि लाखौँ समर्थक सडकमा उत्रिएपछि उनले आफूसँग चुनावमा प्रतिस्पर्धा गर्न च्यालेन्ज दिएका थिए । 
 
रवि रिहाइ भएसँगै उनले अस्पतालका घाइते, पक्राउ परेका समर्थकहरुलाई भेट गर्दै नारायणगढको नारायणी किनारमा धन्यवाद सभा सम्पन्न गरेपछि रविको प्रसिद्धिबाट अवाक् भएका भण्डारीले प्रेस काउन्सिलमा उजुरी गर्नुले रविलाई दुःख दिने नियतका साथ रचिएको श्रृखलावद्ध षडयन्त्रका रुपमा बुझिएको छ । यस विषयमा सामाजिक सञ्जालमा भण्डारीको चर्को आलोचना भएको छ ।