मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला

जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला


चितवन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन् । 
 
बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिले पार्टीको गतिविधि र सरकारको काम कारबाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए । 
 
मंसिरसम्म संगठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मंसिरअघि १३ औँ महाधिवेशनको संगठनलाई संघीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिए । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो । 
 
केन्द्रको कमजोरीका कारण नेविसंघ र तरुणदलले पूर्णता पाउन नसकेको भन्दै उनले भातृसंगठनले पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको बताए । 
 
अबको महाधिवेशनमा तपाईंको उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा सिटौलाले भने, “महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ अहिले नै किन हतारिनु प¥यो ।”