चितवन । देशमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र र अनियमितताका विरुद्ध खरोरुपमा प्रस्तुत हुँदै आएका ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि मरणासन्न हुने गरी आक्रमण भएको छ । भ्रष्टाचार र लुटतन्त्रविरुद्ध नागरिक खबरदारी कार्यक्रममा सहभागी हुन चितवन आएका शाहीलाई नेकपाका कार्यकर्ताहरुले रड, ढुंगा र इँटा प्रहार गरी आक्रमण गरेका हुन् । भरतपुर १० चौबीसकोठीस्थित होटल…