मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुडिरहेको बसमा ढुङ्गा खस्यो, चालक गम्भीर घाइते

गुडिरहेको बसमा ढुङ्गा खस्यो, चालक गम्भीर घाइते


रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् ।
 
पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने ३५ वर्षीय कमल राउत घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।
 
आज दिउँसो साढे १ बजे पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुङ्गा खसेको थियो ।
 
ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका राउतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार अरु यात्रु भने सकुशल रहेको प्रहरी नायब निरीक्षक खनालले जानकारी दिए ।