मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अरुसँग लड्नसक्ने पार्टी बनाऔँ : सभापति देउवा

अरुसँग लड्नसक्ने पार्टी बनाऔँ : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफैँसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् । 
 
नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकले आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए । 
 
“झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?” उनले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो । 
 
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाए । कांग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भने । 
 
नेपाल शिक्षक महासंघका केन्द्रीय महासचिव लक्ष्मीप्रसाद सुवेदीले सरकारले राहत शिक्षक र बालविकास केन्द्रमा अध्यापन गर्दै आएका शिक्षक÷शिक्षिकाको तलब वृद्धि गर्नुपर्ने बताए । नेपाल शिक्षक संघ प्रदेश नं ३ का अध्यक्ष नारायणप्रसाद तिमल्सिनाले शिक्षकका समस्याबारे ध्यान दिनुपर्नेमा जोड दिए ।