रेनु दाहाललाई मतदान गर्न लगाउनु गम्भीर गल्ती : गगन थापा

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा आफूहरुले रेनु दाहाललाई मतदान गर्न लगाएर गम्भीर गल्ती गरेको बताएका छन् ।   चितवनको भरतपुर १६ मा बुधबार आयोजित नेपाली कांग्रेस वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता थापाले आफूहरुले हँसिया हथौडामा भोट हाल्न लगाउँदा तत्कालीन माओवादी र एमालेलाई…