विराटनगर । ‘समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्ने धारणा आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् । राष्ट्रिय मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका विभिन्न बुँदाबारे छलफल गर्न आयोजित कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् । संयुक्त राष्ट्रसंघको स्थापनापछि मानव अधिकारको संरक्षण, संर्वद्धन…