काँग्रेस नेता ढुङ्गेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं दोस्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।    विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मिएका ढुङ्गेलको गत आइतबार मष्तिस्काघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारकै क्रममा ६० वर्षको उमेरमा आज दिउँसो सवा ३ बजे निधन भएको हो ।  …