सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा मङ्सिर ११ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीमा दोस्रो पटक म्याद थप गरेर सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । पहिलो पटकमा गिरीलाई चार दिनको म्याद थप गरेको थियो…