राष्ट्रपति ट्रम्पलाई लगाइएको महाअभियोग सिनेटद्वारा अस्वीकृत

अमेरिका - चार महिना देखि अमेरिकी सत्ता राजनीतिलाई नै हल्लाइरहेको महाअभियोग (इम्प्चमेण्ट) को विषय आजबाट शान्त हुने देखिएको छ। आज दिउॅसो अमेरिकी संसदको माथिल्लो सदन ‘सिनेट’को बहुमतले राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले(हाउस) लगाएको महाअभियोग अस्वीकृत गरिदिएको छ।    नितान्त पार्टी लाईन अनुरुप भएको मतदान अन्तर्गत राष्ट्रपतिको संवैधानिक अधिकारको दुरुपयोग गरेको र…